२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

धनगढीमा मेयर, उप–मेयर कप फुटवल प्रतियोगिताको तयारी पुरा

समाचार संबाददाता ९ चैत्र २०७७, सोमबार
This image has an empty alt attribute; its file name is 1616428906005-1024x683.jpg

घनगढी, ९ फागुनधनगढी उप–महानगरपालिका नगर खेलकुद समितिले आयोजना गर्ने मेयर, उप मेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।नगर खेलकुद समितिले सोमबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी दिएको हो । चैत १० गते दिउसो १ बजे प्रतियोगिताको उद्घाटन गरिने नगर खेलकुद समितिका संयोजक दिपक कुमार थापा क्षेत्रीले जानकारी दिए । खेलकुलको सबै तयारी पुरा भैसकेको छ , संयोजक थापाले भने, सोही बिषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका हौं । फुटवल प्रतियोगिताको ब्यबस्थापन न्यू बुद्ध स्पोर्ट यूवा क्लवले गर्ने जानकारी पनि थापाले थिए ।संयोजक थापाले प्रतियोगितामा प्रथम महिला / पुरुष टिमलाई : १ लाख १० हजार नगद पुरस्कारका साथै मेडल ट्रफि र प्रमाणपत्र , द्धितिय हुने टिमले ५१ हजार नगद मेडल ट्रफि र प्रमाणपत्र पाउने जानकारी दिए । त्यसैगरी सर्वोत्कृष्ठ खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ठ गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ठ डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने संयोजक थापाले बताए ।धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर चन्दले खेलकुदको विकास र प्रवद्र्धनका लागि फुटवल प्रतियोगिताको आयोजना गरिएको बताए । धनगढी उप–महानगरपालिकाले एक वडा एक खेल मैदानको नीति अवलम्वन गरेको छ प्रमुख प्रशासकिय अधिकृत चन्दले भने, ‘ मैदान प्राप्त भएका वडाहरुमापूर्वाधार निर्माणको काम पनि भैरहेको छ ।’ अहिले मेयर, उपमेयर प्याब्सन कप क्रिकेट प्रतियोगिता चलेको छ प्रमुख प्रशासकिय अधिकृत चन्दले भने, ‘ खेलकुद पत्रकार मञ्च, अन्य बिभिन्न संस्थाहरु संग साझेदारी गरेर खेलकुद प्रतियोगिताहरुको आयोजना भैरहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin