२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिमको प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

खबर सम्बाददाता २८ कार्तिक २०८३, शनिबार
सुदूरपश्चिमको प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

धनगढी, कार्तिक २८दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ। प्रदेश खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको हो।प्रतियोगिताको उद्घाटनअघि धनगढीको चौराहदेखि रंगशालासम्म प्रभातफेरी निकालिएको थियो। प्रभातफेरीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोषकुमारी थापा शर्मा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’, परिषद्का पदाधिकारी, खेलाडी तथा प्रशिक्षक सहभागी थिए।धनगढी रंगशालामा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री खगराज भट्टले प्रतियोगिताको सफलताको शुभकामना दिँदै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। उनले खेलकुदले प्रदेशको पहिचान र प्रतिभा उजागर गर्ने भएकाले खेल क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने बताए।मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा खेलकुदको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यहाँका प्रतिभावान् खेलाडीलाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन आवश्यक रहेको बताए। खेलकुदलाई स्वास्थ्य, अनुशासन, आपसी एकता र राष्ट्रको गौरवसँग जोड्दै खेलाडीलाई आवश्यक अवसर, प्रोत्साहन र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट ३० वटा खेलमा प्रतिस्पर्धा हुनेछ। त्यसका लागि प्रदेश खेलकुद परिषद्ले कैलाली, कञ्चनपुर र डडेल्धुरामा विभिन्न खेलका छनोट प्रतियोगिताको काम सुरु भएको छ।डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता भइरहेको छ। कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोट्र्सका खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ।त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका छनोट खेल सञ्चालन हुँदैछन्।प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका २ हजार ४ सय ६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गदैछन्। जिल्ला तहबाट छनोट भएका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशको टोलीमा समावेश गरिनेछ।प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’ले छनोट प्रतियोगितामा सहभागी हुने सबै खेलका खेलाडीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। उनले भाषण भन्दा काममा प्राथमिकता दिइहरेको र सरकारले पनि सोही अनुसार सहयोग गर्नुपर्ने बताए।परिषद्का अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७ सय ४४ जनाको सहभागिता रहेको छ। छनोट प्रतियोगिताले सुदूरपश्चिमका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा खेलकुद परिषद्को रहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin