२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

स्थानीय निर्वाचनको तयारीमा जुट्यो रास्वपा, आवेदन दिनेको ओइरो

खबर सम्बाददाता १० कार्तिक २०८३, मंगलवार
स्थानीय निर्वाचनको तयारीमा जुट्यो रास्वपा, आवेदन दिनेको ओइरो

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले ‘क्यान्डिडेट क्लब’ मार्फत सम्भावित उम्मेदवारको खोजी, परीक्षण र प्रशिक्षण सुरु गरेको हो ।
रास्वपाका केन्द्रीय सचिवालयका अनुसार गाउँपालिका तहमा मात्रै उम्मेदवार बन्न करिब २० हजार आवेदन परिसकेका छन् । नगरपालिकाको आवेदन प्रक्रिया जारी रहेको र त्यसपछि उपमहानगरपालिका तथा महानगरपालिकाका लागि आवेदन खुला गरिने बताईएको छ ।

पार्टीले उम्मेदवार छनोटका लागि चार आधार तय गरेको छ । जसअनुसार राजनीतिक सामीप्यतालाई २५ प्रतिशत, नेतृत्व प्रशिक्षणलाई २५ प्रतिशत, समावेशितालाई १० प्रतिशत र आन्तरिक निर्वाचन (प्राइमरी) लाई ४) प्रतिशत भाराङ्क दिइएको छ ।

आन्तरिक निर्वाचनमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यले मतदान गर्ने व्यवस्था रहेको रास्वपाले जनाएको छ । यस प्रक्रियाले उम्मेदवार छनोटमा केन्द्रीय नेतृत्वको हस्तक्षेप घटाउँदै स्थानीय कार्यकर्ताको भूमिकालाई बलियो बनाउने पार्टीको दाबी छ ।

अन्तरक्रियामा सहभागीहरूले उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत हुनुपर्नेमा जोड दिएका थिए । पार्टीले सक्षम र अनुभवी व्यक्तिहरूलाई आकर्षित गर्न ‘ल्याटरल इन्ट्री’ को व्यवस्था पनि अघि सारेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin