गोदावरी नगरपालिकाको मेयर पदका आकांक्षी गोकर्ण भट्टले निर्वाचित भए सरकारी सेवा–सुविधा नलिने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को ‘नगरपालिका क्यान्डिडेट क्लब’ मार्फत उनले आफ्नो उम्मेदवारीको दाबी प्रस्तुत गरेका हुन्।
४६ वर्षको राजनीतिक अनुभव रहेको दाबी गर्ने भट्ट यसअघि २०७४ मा नेकपा माओवादी केन्द्र र २०७९ मा नेकपा एमालेबाट मेयर पदमा प्रतिस्पर्धा गरे पनि निर्वाचित हुन सकेका थिएनन्। एमाले परित्याग गरेका उनी २०८२ पुसमा रास्वपामा प्रवेश गरेका थिए।
भट्टले आफू निर्वाचित भए मेयरले पाउने सेवा–सुविधा नलिई उक्त रकम नगरपालिकाका अतिविपन्न परिवारको हितमा खर्च गर्ने योजना अघि सारेका छन्। उनले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि प्राथमिकतामा राख्ने बताएका छन्।
यद्यपि, क्यान्डिडेट क्लबमा दाबी प्रस्तुत गर्नु र पार्टीबाट आधिकारिक उम्मेदवार बन्नु फरक प्रक्रिया हुन्। रास्वपाले गोदावरीको अन्तिम उम्मेदवार चयन गर्न बाँकी छ।