धनगढी उपमहानगरपालिकाले बेरोजगार युवालाई सीप सिकाएर रोजगारीसँग जोड्ने उद्देश्यले तीन विधामा निःशुल्क आवासीय तालिम सञ्चालन गर्ने भएको छ ।
नेपाल युथ फाउन्डेसनको सहकार्यमा धनगढी भोकेसनल स्कुलमा सञ्चालन हुने तालिममा सहायक प्लम्बर, बिल्डिङ इलेक्ट्रिसियन र सहायक वेल्डर विधा समावेश छन्। प्रत्येक विधामा २५ जनाका दरले ७५ युवालाई तालिम दिइने छ।
आगामी मंसिर ६ गतेदेखि सुरु हुने तालिम तीन महिना र त्यसपछि दुई महिना ओजेटी ९काम गर्दै सिक्ने अभ्यास० गरी पाँच महिनाको हुने छ ।
तालिममा सहभागी हुन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका बेरोजगार युवाले कात्तिक ३ गतेभित्र आवेदन दिनुपर्नेछ। तालिममार्फत युवालाई प्राविधिक सीप प्रदान गरी रोजगारी तथा स्वरोजगारका अवसरसँग जोड्ने लक्ष्य राखिएको छ।