२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ब्लड बैंक सञ्चालनको तयारी

खबर सम्बाददाता १० कार्तिक २०८३, मंगलवार
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ब्लड बैंक सञ्चालनको तयारी

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आफ्नै ब्लड बैंक (रक्तसञ्चार केन्द्र) सञ्चालन गर्ने तयारी गरेको छ। ब्लड बैंक स्थापनाका लागि विज्ञ टोलीले अध्ययन गरिसकेको छ भने आवश्यक उपकरण खरिद प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

विश्वविद्यालयका उपकुलपति डा. सुनिलकुमार जोशीका अनुसार ब्लड बैंक सञ्चालनका लागि आवश्यक पर्ने आधारभूत उपकरण अभाव रहेकाले तत्काल सेवा सुरु गर्न कठिनाइ भएको हो। उपलब्ध उपकरणको प्राविधिक अवस्था र सञ्चालनयोग्यता अध्ययन गर्न काठमाडौँबाट आएका विज्ञ डा. विपिन नेपाल नेतृत्वको टोलीले निरीक्षण गरेको थियो।

उपलब्ध उपकरण पूर्ण रूपमा प्रयोगमा ल्याउन एकदेखि दुई वर्ष लाग्न सक्ने देखिएकाले प्रारम्भिक सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिद गरी यथाशीघ्र ब्लड बैंक सञ्चालन गर्ने लक्ष्य विश्वविद्यालयले राखेको छ।

ब्लड बैंक सञ्चालनमा आएपछि बिरामीलाई रगत तथा रगतजन्य सेवा उपलब्ध गराउन सहज हुने विश्वविद्यालयले जनाएको छ। साथै, भविष्यमा रगतका विभिन्न तत्व छुट्याउने आधुनिक प्रयोगशाला स्थापना गर्नुका साथै एन्टीबडीमा आधारित इम्युन थेरापीसम्मका उच्चस्तरीय सेवा विस्तार गर्ने योजना पनि विश्वविद्यालयको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin