२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीकी कविता मृत्यु प्रकरणः श्रीमान् र सासु पक्राउ

खबर सम्बाददाता ११ कार्तिक २०८३, बुधबार
धनगढीकी कविता मृत्यु प्रकरणः श्रीमान् र सासु पक्राउ

कैलालीको धनगढीमा २१ वर्षीया कविता जोशी पाठकको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान् र सासुलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–६, मटियारीस्थित आफ्नै घरको कोठामा कविता मृत फेला परेकी थिइन्।

प्रहरीका अनुसार राति साढे ८ बजेतिर घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मृतकका माइती पक्ष तत्काल बझाङमा रहेकाले घटनास्थललाई रातभर सुरक्षित राखिएको थियो। भोलिपल्ट बिहान प्रहरी निरीक्षक लोकराज जोशीको नेतृत्वमा सोकोसहितको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो।

कविताका श्रीमान् सरोज पाठकले कात्तिक ७ गते श्रीमतीले झुण्डिएर आत्महत्या गरेको भन्दै कानुनबमोजिम प्रक्रिया अघि बढाउन र शव बुझ्न निवेदन दिएका थिए।

तर, कात्तिक ८ गते मृतकका माइती पक्षले श्रीमान् सरोज पाठक र सासु कमला जोशी पाठकविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको कसुरमा किटानी जाहेरी दिएका थिए। प्रहरीले जाहेरी दर्ता गरी सोही दिन सरोजलाई पक्राउ गरेको थियो।

शव परीक्षणपछि मृतकका ससुरा नाता पर्ने यज्ञराज पाठकले शव बुझेर लगेका थिए। प्रहरीले कात्तिक ९ गते मृतककी सासु कमला जोशी पाठकलाई समेत पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यता, माइती पक्षले भने शव समेत हेर्न नदिएर अन्त्येष्टि गरेको गुनासो गरेका छन्। मृतककी भाउजु तुलसी जोशीले नन्दको शव समेत हेर्न नपाएको बताइन्। माइती पक्षले प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin