कैलालीको भजनीमा बोक्सीको आरोप लगाउँदै ५६ वर्षीया महिलामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
भजनी नगरपालिका–५ मिलनपुरकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले कृष्ण डंगौरा, राजु डंगौरा, राजन डंगौरा र उर्मिला डंगौरालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार महिलाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।