२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने

खबर सम्बाददाता १२ कार्तिक २०८३, बिहीबार
नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै टोल शुल्क संकलन सुरु हुने जानकारी दिएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिले असोज १२ गते गरेको निर्णय अनुसार शुल्क उठाउन लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाले सार्वजनिक गरेको शुल्क विवरणअनुसार काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारी साधनले ६५ रुपैयाँ तिर्नु पर्नेछ । काठमाडौं प्रवेश नगरी सुरुङमार्गबाट बाहिरिने यस्ता सवारीसाधनका लागि भने ६० रुपैयाँ शुल्क निर्धारण गरिने भएको छ ।

त्यस्तै, मिनी बस तथा मिनी टिपररट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । बस तथा ट्रक (सिंगल रियर एक्सल) का लागि प्रवेश गर्दा २५० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नु पर्ने छ ।

कात्तिक १५ गतेदेखि लागू हुने यो व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार सडक उपभोग दस्तुर तिर्नुपर्नेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin