जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स बाहेकका सात टोलीका खेलाडीलाई चाँदीको बल प्रदान गरिने भएको छ ।
लिगका खेल हुने दिन प्रत्येक टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीलाई एक्ट्रिम इनर्जि ड्रिंकले चाँदीको बल प्रदान गर्ने भएको हो।
यस पहलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।