नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाइएको छ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी समन्वय समिति (पीसीसी) को बैठक बोलाएपछि प्रदेश प्रहरी प्रमुखहरूलाई काठमाडौं बोलाइएको हो।
बैठक आज दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा बस्ने तयारी छ। बैठकमा के विषयमा छलफल तथा निर्णय हुने भन्नेबारे भने खुलाइएको छैन।