कैलालीको गोदावरी नगरपालिका–८ स्थित सूर्योदय सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ।
बुधबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेरकी महिलाको शव फेला परेको हो।
घटनास्थलमा चुरा, झोला तथा ‘प्रिंका जैसवाल’ नाम उल्लेख भएको कागज भेटिए पनि मृतकको पहिचान खुल्न सकेको छैन। शवलाई जङ्गली जनावरले आंशिक रूपमा खाएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।