२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

मृत्यु संस्कार गरिएका छोरा जब जिवीतै घर फर्किए….

खबर सम्बाददाता १२ कार्तिक २०८३, बिहीबार
मृत्यु संस्कार गरिएका छोरा जब जिवीतै घर फर्किए….

मृत्यु संस्कार गरिएका छोरा जब जिवीतै घर फर्किए….
मोरङको लेटाङ नगरपालिका– ५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय क्षेत्री बेलाबेला घरबाट हिड्थे । मानसिक स्वास्थ्य सामान्य भन्दा कमजोर रहेका उनी कहिले आफै घर फर्कन्थे, कहिले परिवारले खोजेर ल्याउथे ।

गत २०८२ को माघमा भने घरबाट निस्किएका उनी फर्किएनन्। परिवार फर्किएर आउने आशमा थियो ।

गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिकामा(४ चतरा पकली खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । प्रहरीका अनुसार जेम्स चौधरीले चलाइरहेका प्र।१०४(००१ प।३६०४ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको विराट टिचिङ अस्पताल २७ जेठ दिउँसो १ बजे मृत्यु भयो। पहिचान हुन नसकेको शवको हुलिया माघदेखि हराइरहेका पदमबहादुरसँग मिल्दोजुल्दो थियो।

शव पहिचान हुन नसकेपछि कोशी अस्पतालको शवगृहमा राखेर प्रहरीले आफन्तको खोजीका लागि हुलियासहित सार्वजनिक सूचना जारी र्गयो । पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन्।सूचनाका आधारमा जेठ २० गते मृतकको बुवानारायण राय क्षेत्रीले कोशी अस्पतालको शवगृहबाट शव जिम्मा लिएका थिए । सोही दिन चिसाङ खोलामा अन्त्येष्ठि गरे।

छोरा गुमाएको शोक परेकै कारण परिवारले यसपालिको दसैँमा टीकासमेत लगाएन । तर, उनी दसैँको पूर्णिमाका दिन ९ कात्तिकको साँझ टुप्लुक्क घर पुगे । पदमबहादुर घर आइपुगेपछि उनको परिवार एकातिर खुसी छ, अर्कातिर ‘त्यसो भए कसको अन्त्येष्टि गरियो त रु’ भन्ने अन्योल र त्रासमा पनि छ।

मृत्यु संस्कार गरिसकेका व्यक्ति जीवितै घर फर्केपछि परिवारले धार्मिक विधिअनुसार उनको पुनर्जन्मको संस्कार गराएको छ । घटनापछि परिवारमा खुसी छाए पनि अर्काको शव जलाइएको विषयले त्रास पनि थपेको स्थानीय पत्रकार प्रशान्त निरौला बताउँछन् । ‘मृत्यु संस्कार गरिसकेको छोरो फर्किँदा परिवार खुसी छ,’ छिमेकीसमेत रहेका निरौला भन्छन्,‘तर, दुर्घटनामा परेको शव कसको थियो र अब के होला भन्ने डर छ ।’ प्रहरीले सुरुमै डीएनए परीक्षण गरेर शव जिम्मा लगाएको भए यस्तो स्थिति नआउने उनको बुझाइ छ।

पदमबहादुर घर फर्किएपछि इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको टोली उनको घर पुगेर वस्तुस्थिति बुझेको थियो । उनी लामो समय कहाँ र कसरी बसे भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । अहिले पनि उनको मानसिक अवस्था कमजोर नै छ ।

जेठको दुर्घटनापछि परिवारले दुर्घटना बिमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको प्रहरीले जनाएको छ । पदमबहादुर जीवितै भेटिएपछि अब कसरी अगाडि बढाउने भन्ने अन्योलमा प्रहरी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बिमाबापत प्राप्त भएको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ । ‘सरकारी अभिलेखमा बेवारिसे शवको रूपमा विवरण सच्याइनेछ,’ डीएसपी मिश्रले भने, ‘त्यसपछि जेठ महिनामा दुर्घटनामा परी ज्यान गुमाएका ती वास्तविक मृतकको पहिचानका लागि पुनः अनुसन्धान सुरु हुनेछ ।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin