बिहीबार सेयर बजार परिसूचक नेप्से ३१।५४ अंकले बढेर २ हजार ६९५ अंकमा पुगेको छ। यो साउन १२ गतेयताकै उच्च विन्दु हो।
बजारमा कारोबार रकमसमेत बढेको छ। बुधबार ७ अर्ब ४५ करोडको कारोबार भएकोमा बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँको कारोबार भयो। यो वैशाख ३ गतेयताकै उच्च कारोबार रकम हो।
आज १८१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घट्यो भने ६ कम्पनीको स्थिर रह्यो। सबै समूहगत सूचकमा वृद्धि देखिएको छ। बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर अगाडि रहे।