कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले काठमाडौंका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुरका ६० वर्षीय प्रेमनारायण खनाललाई बिहीबार पक्राउ गरेको हो।
सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको भन्दै अनुदान मिलाइदिने प्रलोभनमा उनीहरूले पीडितबाट रकम लिएको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।