नेकपा एमाले कैलाली जिल्ला कमिटीको नवौँ पूर्ण बैठकले जिल्लाका १३ वटै स्थानीय तहमा वडा केन्द्रित अभियान सुरु गरेको छ ।
पार्टीको संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो ।
नेकपा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष यज्ञराज ढुङ्गानाले अभियान मार्फत पार्टीका गतिविधिलाई वडास्तरसम्म विस्तार गर्दै जनताका समस्या, गुनासा र अपेक्षालाई सम्बोधन गर्ने बताउनु भयो ।
अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहका वडामा पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरिने जनाइएको छ ।