२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

टिकटकर तुलसा फेरि थुनामै, जिल्लाको आदेश उच्चबाट पनि सदर

खबर सम्बाददाता १३ कार्तिक २०८३, शुक्रबार
टिकटकर तुलसा फेरि थुनामै, जिल्लाको आदेश उच्चबाट पनि सदर

व्यवसायी तथा टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ ।

बिहीबार न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको इजलासले अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्लाकै आदेश सदर गरेको हो ।

अधिकारीलाई इन्टरपोलको सहयोगमा गत जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनीविरूद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्र् िशुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले जेठ २१ गते अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेश विरूद्ध अधिकारीले आफूलाई थुनामा पठाउने निर्णय बदर गरी थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन्।

उच्च अदालतले जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो ।

यससँगै अधिकारीले मुद्दाको अन्तिम फैसला नआएसम्म थुनामै रहेर मुद्दाको प्रतिरक्षा गर्नुपर्ने भएको छ ।

अधिकारीविरूद्ध २१ करोड १२ लाख २) हजार ४)६ रूपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ।

उनीमाथि आपराधिक लाभ लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत तथा स्थान परिवर्तन गरेको र सम्पत्र् िशुद्धीकरण सम्बन्धी कसुर गरेको अभियोग छ।

यी अभियोगको अन्तिम निरूपण भने अदालतबाट हुन बाँकी छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin