लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग ९एनपीएल० का आजका खेल प्रभावित भएका छन्। खेल हुन नसके टिकट काटेका दर्शकलाई रकम फिर्ता गर्ने वा अर्को दिनको खेल हेर्न पाउने व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको छ।
नेपाल क्रिकेट संघ ९क्यान० का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार वर्षाले मैदान दलदल बनेकाले खेल सञ्चालनमा समस्या भएको छ। उनले बेलुकाको खेल हुने आशा व्यक्त गर्दै दुवै खेल हुन नसके आवश्यक निर्णय गरिने बताए।
आज दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुने तालिका छ।
खेल हुन नसके दुवै टोलीलाई एक–एक अंक बाँडिने खड्काले बताए।