२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

नेपालको पर्यटन प्रवर्द्धन गर्न ७ देशका कन्टेन्ट क्रिएटर पोखरामा

खबर सम्बाददाता १५ कार्तिक २०८३, आईतवार
नेपालको पर्यटन प्रवर्द्धन गर्न ७ देशका कन्टेन्ट क्रिएटर पोखरामा

डिजिटल प्लेटफर्म टिकटकको माध्यमबाट नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ७ देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् । नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको संयुक्त सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स ९युएई०, बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्माताहरू नेपाल आएका हुन् ।

उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, मौलिक कला–संस्कृति, साहसिक गतिविधि र यहाँको विशिष्ट पर्यटकीय अनुभवलाई समेटेर श्रव्य दृश्य ९भिडियो० सामग्री तयार पार्नेछन् । उक्त भिडियो टिकटक लगायतका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्‍याइनेछ ।

यस अभियानअन्तर्गत टोलीले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय स्थलहरूको स्थलगत भ्रमण गर्नेछ । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलका अनुसार क्रिएटरहरूले ती गन्तव्यका आकर्षण, स्थानीय जनजीवन, संस्कृति, प्रकृति र पर्यटकीय गतिविधि समेटिएका सामग्री निर्माण गर्नेछन् ।

फ्लाई दुबईको उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका विदेशी कन्टेन्ट क्रिएटरहरूलाई पर्यटन बोर्ड र स्थानीय पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकबिच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सोही सहकार्य अनुसार सुरु गरिएको लाइफ टाइम एक्सपिरियन्स अभियानले नेपालको हिमाल, सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको बोर्डका सदस्य सन्तोष पोखरेलले जानकारी दिए ।

भ्रमण तालिका अनुसार बङ्गलादेशका अनिवार्न कासेर, श्रीलङ्काका कसुन सम्पथ देगोडा मागागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा युएईका मोहम्मद नाबिलले पोखरा र वरपरका पर्यटकीय आकर्षणहरूमा आधारित सामग्री निर्माण गर्नेछन् ।

यस्तै, फ्रान्सका जेरेमी ब्युदेटले चितवन पुगेर त्यहाँको वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, प्रकृति र थारू संस्कृतिमा आधारित अनुभवलाई क्यामरामा कैद गर्नेछन् । पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लिले भने बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटन ९होमस्टे आदि० का सम्भावनाहरूलाई विश्वसामु पस्कनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ९गनेस० ले सरकारले पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आधुनिक डिजिटल माध्यमबाट विश्वभरका दर्शकसम्म पुग्ने यो अभियानले नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय पहुँचलाई थप विस्तार गर्ने अपेक्षा मन्त्री पौडेलले राखेका छन् ।

यस्तो प्रयासले नेपाललाई विश्वस्तरमा एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न टेवा पुर्‍याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin