२५औँ आमरण अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याएर टिचिङ अस्पतालमा भर्ना गरिएको छ।
विभिन्न माग राख्दै डा। केसीले बिहीबार साँझ इलामस्थित नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। अनशनको चौथो दिनमा आइपुग्दा उनको रगतमा ग्लुकोजको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन्। यसले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुन सक्ने चेतावनी दिइएको थियो।
स्वास्थ्य अवस्था थप जटिल हुन सक्ने देखिएपछि उनलाई आज हेलिकोप्टर मार्फत इलामबाट काठमाडौं ल्याइएको हो। टिचिङ अस्पतालमा भर्ना गरिएका केसीको आवश्यक उपचार सुरु गरिएको छ।