नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ ।
प्रतियोगितामा चितवन राइनोज हालसम्म अपराजित छ। पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका थिए ।
यता, सुदूरपश्चिम रोयल्सले हालसम्म खेलेका तीन खेल मध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। आजको खेलमा सुदूरपश्चिम चितवनको अपराजित यात्रामा पूर्णविराम लगाउने लक्ष्य सहित मैदान उत्रिनेछ।