२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

तिहारः तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँका झिलिमिली बत्ती आयात

खबर सम्बाददाता १६ कार्तिक २०८३, सोमबार
तिहारः तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँका झिलिमिली बत्ती आयात

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरका झिलिमिली बत्ती आयात भएका छन्। भन्सार विभागका अनुसार असोजसम्म २८ लाख ५९ हजार थान बत्ती आयात भएका हुन्।

गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए। गत वर्षको तुलनामा यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशत बढेको छ भने परिमाण २७ प्रतिशत घटेको छ।

नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ।

झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तार र प्लास्टिकलगायत कच्चा पदार्थको मूल्य चीन तथा भारतमा बढेको, डलर महँगिएको र ढुवानी खर्चसमेत करिब तीन गुणासम्म वृद्धि भएको उनले बताए।

त्यस्तै, केरुङ नाकाबाट नियमित रूपमा सामान ल्याउन नसक्दा अन्य नाका हुँदै आयात गर्नुपर्ने बाध्यताले लागत थप बढाएको छ। बजारमा माग भए पनि पर्याप्त मौज्दात र आपूर्तिको अभाव देखिएकाले यस वर्ष तिहारमा झिलिमिली बत्ती गत वर्षको तुलनामा महँगो पर्ने व्यवसायीको भनाइ छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin