२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीका १६३ ज्येष्ठ नागरिक मुक्तिनाथ दर्शनमा

खबर सम्बाददाता १७ कार्तिक २०८३, मंगलवार
धनगढीका १६३ ज्येष्ठ नागरिक मुक्तिनाथ दर्शनमा

कैलालीको धनगढी उपमहानगरपालिकाले यस वर्ष १६३ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाएको छ। धार्मिक पर्यटन प्रवर्द्धनसँगै ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर प्रदान गर्ने उद्देश्यले उपमहानगरपालिकाले उनीहरूलाई मुक्तिनाथ यात्रामा पठाएको हो।

सोमबार नगर प्रमुख गोपाल हमालसहित जनप्रतिनिधि तथा कर्मचारीले तीर्थयात्रीको टोलीलाई बिदाइ गरेका छन्। टोलीलाई बिदाइ गर्दै नगर प्रमुख हमालले यात्राका क्रममा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने भएकाले स्वास्थ्यकर्मीसहित टोली पठाइएको बताए। उनले यात्राका क्रममा कुनै समस्या देखिए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नसमेत आग्रह गरे।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९र८० देखि हरेक वर्ष ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गराउँदै आएको छ। कार्यक्रमको पहिलो वर्ष १३१ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ लगिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०र८१ मा १४० जना, २०८१र८२ मा १३१ जना र २०८२र८३ मा १५० जना ज्येष्ठ नागरिक तथा एकल महिलाले मुक्तिनाथ दर्शन गरेका थिए।

उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा पठाइएका १६३ जनासहित हालसम्म ७१५ जना नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin