कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको छ। महोत्सवमा व्यापार, व्यवसाय तथा विभिन्न उत्पादनको प्रवर्द्धन गर्न इच्छुक व्यवसायी तथा उद्यमीले स्टल बुकिङ गर्न सक्नेछन्।
महोत्सवमा स्थानीय उत्पादन, औद्योगिक वस्तु, कृषि उपज, हस्तकला तथा विभिन्न व्यावसायिक सामग्रीको प्रदर्शनी र बिक्रीका लागि स्टल राख्न सकिने अपेक्षा गरिएको छ।
महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, व्यापारिक गतिविधि प्रवर्द्धन तथा आर्थिक चलायमानता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।