२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

माधव र मिनेन्द्र सहित ९७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी

खबर सम्बाददाता १७ कार्तिक २०८३, मंगलवार
माधव  र मिनेन्द्र सहित ९७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र कांग्रेस नेता एवं पूर्वमन्त्री डा। मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मन्त्रिपरिषद्बाट निर्णय गराई सार्वजनिक जग्गा छुट दर्ता गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो। आयोगले प्रतिवादीहरूबाट करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

मुद्दा दायर गरिएकाहरूमा पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा भूमि व्यवस्था विभागका तत्कालीन पदाधिकारी र कर्मचारीसमेत रहेका छन्।

त्यस्तै, त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नामसमेत आरोपपत्रमा समावेश रहेको जनाइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin