बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब १० बजेतिर केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु।प।प्र।०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना हुदा दुई जनको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाईएको छ ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० टेकबहादुर जोराले जानकारी दिए । घटनाबारे थप अध्ययन भईरहेको बताईएको छ ।