अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलनको तेस्रो संस्करण आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित शिक्षा विभागको आयोजनामा कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा सम्मेलन हुन लागेको हो।
सम्मेलनमा नेपालसहित ११ देशका प्राध्यापक, शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता तथा गणित क्षेत्रका विज्ञ सहभागी हुनेछन्।
गणित शिक्षाको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे छलफल गरिने सम्मेलनमा मानव सिर्जनशीलता, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्ता ९एआई० मा आधारित शिक्षण विधिबारे कार्यपत्र प्रस्तुति, कार्यशाला तथा प्यानल छलफल सञ्चालन गरिने आयोजकले जनाएको छ।
यसअघि सन् २०१७ मा पहिलो र सन् २०२३ मा दोस्रो अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलन काठमाडौंमा आयोजना गरिएको थियो।