२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

जय नेपाल कप वडा स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिताको विजेता धनगढी ३

खबर सम्बाददाता १८ कार्तिक २०८३, बुधबार
जय नेपाल कप वडा स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिताको विजेता धनगढी  ३

धनगढी । नेपाली कांग्रेस क्षेत्र नं. ५ कैलालीको आयोजनामा धनगढीस्थित फाप्ला खेल मैदानमा सम्पन्न ‘जय नेपाल कप वडा स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिता’को उपाधि नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नं. ३ ले जितेको छ।

प्रतियोगितामा धनगढी वडा नं. ४ द्वितीय र कैलारी गाउँपालिका वडा नं. ६ तृतीय भएका छन्। प्रतियोगितामा प्रथम हुने वडा नं. ३ ले नगद १५ हजार रुपैयाँ, द्वितीय हुने वडा नं. ४ ले १० हजार रुपैयाँ र तृतीय हुने कैलारी वडा नं. ६ ले ५ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवालले गर्नुभएको थियो भने समापन तथा पुरस्कार वितरण नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रदीप मिश्रले गर्नुभएको थियो।

नेपाली कांग्रेस क्षेत्र नं. ५ कैलालीको आयोजनामा भएको प्रतियोगिताको संयोजन नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नं. ३ ले गरेको थियो। प्रतियोगिता क्षेत्र नं. ५ का सभापति भीम पडालको सभापतित्वमा सम्पन्न भएको हो।

खेलकुदको माध्यमबाट युवाहरूलाई एकताबद्ध गर्दै खेल प्रतिभाको पहिचान, प्रवर्द्धन तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक देवेन्द्र हमालले बताउनुभयो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin