बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन्।
डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार साँझ मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा दुर्घटना भएको हो।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ। अनियन्त्रित भएर जिप सडकबाट तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।