नेपाली कांग्रेसले सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाबीच आज पदाधिकारी बैठक बोलाएको छ।
कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सरकारका पछिल्ला कदमबारे छलफल हुने उनले बताए।
सभापति थापा पक्राउ पर्ने चर्चा निराधार भएको दाबी गर्दै खतिवडाले कांग्रेसको आवाज कमजोर बनाउन सरकारले अफवाह फैलाएको आरोप लगाए। कांग्रेसले यसअघि नै सरकारका विवादित कदमबारे ६ बुँदे धारणा सार्वजनिक गरिसकेको छ।
यसैबीच, कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले सामाजिक सञ्जालमार्फत सरकारको हल्ला र भ्रमबाट विचलित नहुने बताएका छन्। उनले प्रहरी लगाएर खोज्न आवश्यक नरहेको भन्दै आफू काठमाडौं आउँदै गरेको उल्लेख गरेका छन्।