२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

अब देशमा छिट्टै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

खबर सम्बाददाता २१ चैत्र २०७७, शनिबार
अब देशमा छिट्टै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । शनिबार कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने बताएका हुन् ।

उनले भने ‘अब देशले छिट्टै नयाँ सरकार पाउँछ । केहि दिनमै राजनीतिले कोल्टे फेर्नेछ ।’ अर्काे एक प्रसंगमा उनले १० वर्षे जनयुद्धका कारण देशमा  संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भएको दाबी गरे । माओवादी जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको भन्दै सम्पूर्ण मधेसी समुदायलाई धन्यवाद दिए ।

उनले नयाँ सरकार गठन हुनेबित्तिकै आफूले सबैभन्दा पहिला सीमानाकामा मधेसी जनताले भोग्नुपरेको समस्या हटाउने प्रतिबद्धता जाहेर गरे ।  उनले भने ‘मलाई मधेसमा केके समस्या छन् सबै थाहा छ । यहाँ सीमामा समस्या छ, मलखाद र सिंचाइको  समस्या छ, महिलाहिंसाको समस्या छ अनि रोगव्याधीको समस्या छ । ति सबै नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछ ।’

राजनीतिमा केपी ओली भन्दा आफू इमान्दार भएको उनले दाबी गरे ।  रासस

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin