सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कैलाली र कञ्चनपुर जिल्लामा रानाथारूहरूकाे सबै भन्दा ठूलाे हाेरी पर्वकाे अन्तिम दिनकाे रूपमा मनाउने खख्डेहरा को अवसरमा प्रदेश सरकारले एक दिन बिदा दिने निर्णय आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना जारी गरेकाे छ । रानाथारू समुदायले खख्डेहरा हर्ष र उल्लासका साथ मनाइ हाेरी (हाेली) काे विदाइ गर्ने चलन छ ।

गत जेठ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले महत्त्वपूर्ण पर्वहरूमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार बिदा उल्लेख गराइएकाे छ।
