नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को आर्थिक सहयोग तथा पालिका स्तरिय सामुदायिक वन समन्वय समितीको अयोजनामा लालझाडी गाउँपालिकामा एक दिने जन चेतना मुलक घुम्ती अभियान गरेको छ ।

गर्मीयाम लागे सँगै आगलागीको दुर्घटना बढी जोखिम हुने तथा बढदै गैरहेको कोरोना महामारी बाट कसरी बच्ने, साना तिना गल्तीले ठूलो नोक्सानी हुने भएकाले त्यसलाई कम गर्न गाउँ गाउँ पुगी जन चेतना फैलाएको NNSWA का प्रतिनिधि रोशन चौधरीले बताए ।

हरेक वर्ष आगलागीले दुर्घटना निम्ताएको, कतिपय परबिारलाई बिचल्ली बनकएको घटना यस वर्ष दोरीन नदिनका लागि घरदैलो घुम्ती अभियान गरिएको लालझाडी गाउँपालिका पालिका स्तरिय सामुदायिक वन समन्वय समितीका अध्यक्ष अमर सिंह रानाले बताए ।

अभियानले लालझाडाी गाउँ पालिका भरी विभिन्न टोल टोलमा छलफल र पम्पलेट बितरण गरी जन चेतना फैलाउने काम गरेको थियो ।