३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

जुम्लाका दुर्गाबहादुर बुढाले जिते धनगढी हाफ म्याराथन

खबर सम्बाददाता २८ चैत्र २०७७, शनिबार
जुम्लाका दुर्गाबहादुर बुढाले जिते धनगढी हाफ म्याराथन

धनगढी जेसिसले आयोजना गरेको सातौँ संस्करणको धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन्। अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ अाज बिहान भएकाे हाफ म्याराथन दाैड बुढाले जितेका हुन ।

धनगढीमा भएकाे हाफ म्याराथन २१.१ किलोमिटरको दूरी उनले एक घण्टा ६ मिनेट ८.१८ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन्।उपाधिसँगै बुढाले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरे।बुढाले लगातार तेस्रोपटक उपाधि जितेका हुन्।त्यस्तै, निर्धारित दूरी एक घन्टा ९ मिनेट ८.५३ सेकेण्डमा पार गर्दै बैतडीका नरेन्द्र रावतले दोस्रो स्थान हासिल गरे। सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो भए। उनले निर्धारित दूरी एक घन्टा १२ मिनेट ४.२७ सेकेण्डमा पार गरेका थिए। दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले क्रमशः ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ पाएका छन्।

पहिलोपटक आयोजना गरिएको खुला ५ किलोमिटर महिलातर्फको उपाधि कैलालीकी सीमा चौधरीले जितिन्। उनले उक्त दूरी २० मिनेट ११ सेकेण्डमा पूरा गरिन्। उपाधिसँगै चौधरीले पाँच हजार ५५५ रुपैयाँ प्राप्त गरिन्।उक्त प्रतिस्पर्धामा सीता चौधरी दोस्रो र नेहा खड्का तेस्रो भए। चौधरीले निर्धारित दूरी २० मिनेट ४४.२८ सेकेण्ड र खड्काले २२ मिनेट ६.३१ सेकेण्डमा पूरा गरेका थिए। उपाधिसँगै दोस्रो र तेस्रो हुनेले क्रमशः तीन हजार ३३३ र दुई हजार २२२ रुपैयाँ प्राप्त गरे।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin