२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

२४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

खबर सम्बाददाता ३० चैत्र २०७७, सोमबार
२४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ५५९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले २४ घण्टामा १३ जनाको मृत्यु प्राप्त भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ पीसीआर र एन्टिजेन परीक्षण भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको पीसीआर र एन्टिजेन परीक्षणमा थपिएका ५५९ नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमित निको भएका छन् ।

मुलुकभर ८५ जना क्‍वारेन्टाइनमा र ३ हजार ३ सय ६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म २३ लाख १७ हजार २ सय ८४ पीसीआर परीक्षण भएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin