“आ आज दोनो खामएँ कसम
सङ्गए जिमङ्गे सङ्गए मरङ्ग” बोलको गीतबाट डेब्यु गरेका २८ वर्षीय रानाथारु मोडेल तथा कलाकार राम महेश राना हामी बिच रहेनन ।

केही दिन आगाडिबाट मोडेल राम महेशको स्वस्थ्यमा समस्य देखिएको थियो । चेकजाँच गराउदा निमौनिया देखिएतापनी आजै दिउसो को pcr रिपोर्टमा कोभिड नेगेटिभ देखिएको थियो ।
हिजो बिहान बाट उहाँको स्वास्थ्यमा श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो र अक्सिजन को पनि कमि देखिएको थियो । काठमाडौं लग्नको लागि तयारी भएतापनि काठमाडौंको अस्पतालमा सैया(बेड) नभएर र सेती प्रादेशिक अस्पतालमै अक्सिजन पाइएकाले सेती प्रादेशिक अस्पतालमै उपचार हुँदै थियो।
उपचारकै क्रममा उहाँको अल्पाअयुमै आकस्मिक मृत्युको खबरले सम्पुर्ण रानाथारु कलाकार जगत मर्माहत भएको छ, गीतसंगीत मा विशेष रुचि राख्ने मोडेल आधुनिक भजनकिर्तनका अगुवा समेत रहनु भएको थियो, Dj max ले प्रख्यात धनगढीकै एक कुसल साउन्ड ब्यबसायी पनि हुनुहुन्थ्यो ।

उहाँको कला र लगावप्रती बि. प्लस मिडियाले सधैं सम्मान गर्नेछ र यस दु:खद घडीमा इस्वरले शोकाकुल परिवार र आफन्त जनप्रती धैर्यधारण गर्ने शक्ति प्रदान गरुन र उहाँको आत्मले शान्ति पाओस भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।