१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

कोरोनाका नयाँ बिरामी भर्ना नलिने निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन )काे यस्ताे छ विज्ञप्ति

खबर सम्बाददाता २९ बैशाख २०७८, बुधबार
कोरोनाका नयाँ बिरामी भर्ना नलिने निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश  (अफिन )काे यस्ताे छ विज्ञप्ति

 सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले अक्सिजन आपूर्ति ठप्प हुन थालेकाले कोरोनाका बिरामीको उपचार गर्न समस्या भइरहेको बताएका छन्। मंगलबार निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन ) ले प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको चाप बढ्दै गइरहेकाले अक्सिजन अभाव हुँदा उपचारमा समस्या भएको जनाएको हो।

अफिन सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले अक्सिजन आपूर्ति नभए अब कोभिडका बिरामी भर्ना गर्न नसकिने बताएको छन्। ‘अक्सिजन आपूर्ति पर्याप्त भएन भने आजैदेखि कोभिडका बिरामी भर्ना लिन नसकिने अवस्था आएको सबैमा जानकारी गराउँछौं’ उनीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।

निजी अस्पतालहरूको उक्त संगठनले अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई अनुरोध समेत गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin