प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले फ्रन्टलाइनमा खटिनेहरूको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । उनले धनगढीका लागि ८ हजार प्रति केएन ९५ मास्क,१ हजार ५ सय सर्जिकल मास्क, ५ सय थान फेससिल्ड, ७ पेटी स्यानिटाइजर र ८ पेटी स्यानिटाइजर पेपर उपलब्ध गराएका हुन् ।

प्रतिनिधि सभा सदस्य रानाले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरु धनगढीमा कोरोना महामारीमा फ्रन्ट लाइनमा खटिनेहरुलाई हस्तान्तरण गरिएको छ ।

सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका जनस्वास्थ्य कार्यालय र पत्रकार महासङ्घलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अखिल नेपाल विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य कुमार बडेलाले जानकारी दिए ।अखिल नेपाल विद्यार्थी सङ्गठनका कैलाली अध्यक्ष किशोर शाह, कैलाली सदस्य कुल रावल, प्रेस चौतारी कैलालीका संयोजक भानुभक्त आचार्य, सह संयोजक बिराज रोस्यारा लगातायले स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।

‘स्वास्थ्य सामाग्री पाएका निकायहरूले प्रतिनिधि सभा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कोरोना महामारीमा अहोरात्र खटिएकाहरूको सुरक्षा होस् भनेर स्वास्थ्य सामाग्री पठाइएको हो’ सांसद रानाले भने ‘यसले अग्रपंतिmमा खटिएकाहरूलाई ठुलो राहत हुने अपेक्षा गरेको छु। ’
