१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

रानाथारु उत्थान सवन्मय मञ्चकाे साधारण सभा सम्पन्न,हामी सबै एक जुट हुनुपर्ने प्रदेश सभा सदस्य तारा लामा तमाङकाे भनाइ

खबर सम्बाददाता २२ कार्तिक २०७७, शनिबार
रानाथारु उत्थान सवन्मय मञ्चकाे साधारण सभा सम्पन्न,हामी सबै एक जुट हुनुपर्ने प्रदेश सभा सदस्य तारा लामा तमाङकाे भनाइ

रानाथारु उत्थान सवन्मय मञ्चकाे साधारण सभा सम्पन्न भएको छ । कञ्चनपुरको पुनर्वासमा नगरपालिका रहेको रानाथारु उत्थान सवमंय समितिको साधारण सभा तथा लिपावलीको शूभ कामाना आदनप्रदान कार्यक्रम पुनर्वास ५ सिमिरीमा भएको हो । रानाथारु उत्थान सवमंय समितिका अध्यक्ष धोखे राम रानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि माननिय प्रदेश सभा सदस्य तारा लामा तमाङ रहेका थिए ।

कर्याक्रममा प्रमुख अतिथि तारा लामा तामाङले रानाथारु जाती कैलाली, कञ्चनपुरको आदिबासी जनजाती रहेको बताउनु भयो । सरकारले रानाथारु जातीलाई सूचिकृत गरे सँगै अब हक र अधिकारका लागि अघि बढ्नु पर्ने बताउनु भयो । सुदूर पश्चिम प्रदेशमा आत्माहत्या र लागु औषध दुरब्यबसनी जस्ता समस्या बढ्दै गैरहेकोले यसलाई नियन्त्रण गर्न हामी सबै एक जुट हुनुपर्ने बताउनु भयो । हामीले आफ्नो संस्कृति, पहिचान आफैले बचाउनु पर्छ । यसका साथै एकले अर्का समुलायको सम्मान गर्न पर्ने बताउनु भयो ।

कार्यक्रममा मन्तब्य दिदै लालझाडी गाउँ पालिका अध्यक्ष मदन सेन बडायक रानाथारु समुदायमा अब आफ्नो हक र अधिकारका लागि एकता हुनु पर्छ । समाजलाई विकास गर्न मानविय शक्तीमा जोड दिनु पर्ने बताउनु भयो । कञ्चनपु्रको सबै भन्दा बिकट क्षेत्र आफ्नो कार्यकालमा परिवर्तन गरेर देखाउने जिकीर गर्नु भयो ।

रानाथारु पहिचान बचाउन आफु लागि परेको, रानाथारु समुदाय पनि अरु समुदाय जस्तै अगाडी बढेको हेर्न रहर रहेको र यो सम्भव रहेको पुनर्वास नगर पालिका १०, अध्यक्ष सुकदेव रानाले बताउनु भयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin