१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न

खबर सम्बाददाता २२ कार्तिक २०७७, शनिबार
नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न

धनगढी उपमाहा नगरपालिका( ७ भान्चोकमा नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

नवज्योति कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष सिताराम रानाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि माननिय प्रदेश सभा सदस्य टेक बहादुर रैका रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि रैकाले सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताउँदै यसका लागि नवज्योति कृषि सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेकोमा प्रसंशा गरेका छन् ।

नवज्योति कृषि सहकारी संस्था लिमिटेडले किसानलाई कोरोना जस्तो महामारीको समयमा पनि मल उपलब्ध गराएकोले आफुलाइ गर्व महसुस गराएको कार्यक्रमका विशिष्ट अतिथि प्यारेलाल रानाले बताउनुभो । उहाँले सहकारीले संस्थाको पहुच बढाउदै लैजानु पर्छ , हामी नवज्योति कृषि सहकारी संस्था लिमिटेड प्रति अभारी रहेको बताउनु भयो ।

कार्यक्रममा छोटो समयमा नवज्योति कृषि सहकारीले ठूलो फड्को मारेको खुशी ब्यक्त गर्दै कार्यक्रमका सभापति तथा अध्यक्ष सिताराम रानाले सम्पूर्ण शेयर सदस्यलाई धन्यवाद दिनुभयो । शेयर सदस्यहरुलाई सेवा दिन आप्mनो टिम तत्पर रहेको प्रतिबद्धता जनाउनु भयो ।

उक्त अवसरमा संस्थाका लेखा संयोजन भिम पडालले आर्थिक वर्ष २०७६र०७७ को १ करोड १३ लाख २ हजार ५९७ रुपैयाँ बराबरको आय व्यय विवरण सभामा प्रस्तुत गरेका थिए । ५७४ शेयर सदस्य रहेको संस्थाको आज सम्पन्न साधारण सभाबाट पुनः सिताराम रानाको अध्यक्षतामा ९ सदस्यीय संचालक समितिको निर्विरोध चयन गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin