१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

१०४ बर्षिय बृद्धा सहित धनगढीमा १८५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

खबर सम्बाददाता २६ कार्तिक २०७७, बुधबार
१०४ बर्षिय बृद्धा सहित  धनगढीमा १८५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

धनगढीमा जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । उप–महानगरपालिका वडा नम्बर १५ ले माननिय नारदमुनि रानाको प्रमुख अतिथित्वमा आफ्ना वडामा रहेका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा ६० वर्ष भन्दा माथिका एकल महिलालाई कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले जेष्ठ नागरिकको सम्मान गर्नु पर्ने । उहा नै हाम्रो देउता हो भन्दै दिपावली र छठ पर्वको शुभ कामना दिनु भओ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षीक कार्यक्रम अन्तरगत बृद्धहरुलाई चिसो छल्न सहज होस भन्ने उदेश्यले कम्बल वितरण गरिएको वडाध्यक्ष फुलराम चौधरीले बताउनु भयाे ।

उनका अनुसार ३ सय एकल महिला र जेष्ठ नागरिक रहेको वडामा बुधबार १०४ बर्षिय बृद्धा सहित १ सय ८५ जनालाई कम्बल वितरण गरिएको छ । अन्यलाई आगामी दिनमा कम्बल सहयोग गर्ने याेजना रहेकाे वडा अध्यक्ष चौधरीले बताउनु भयाे । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin