२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

शुभ कामना आदानप्रदान कार्यक्रममा रानाथारु भाषाको पहिलो उपन्यास ‘फगुनी’ को विमोचन

खबर सम्बाददाता २७ कार्तिक २०७७, बिहीबार
शुभ कामना आदानप्रदान कार्यक्रममा रानाथारु भाषाको पहिलो  उपन्यास ‘फगुनी’ को विमोचन


नेपाल रानाथारु समाजद्वारा आयोजित दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा रानाथारु भाषाको उपन्यास ‘फगुनी’ को विमोचन गरिएको छ ।

पदम रानाको पहिलो कृती फगुनीको विमोचन प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य माननिय नारदमुनि रानाद्घारा गरिएको थियो । कार्यक्रममा माननिय रानाले उपन्यासे रानाथारु समुदायको कला, संस्कृति, भाषा र समग्र रानाजाती समुदायको अस्थित्व बचाउनका साथै पहिचान दिन सहयोग पुर्‍याउने बताउनु भयो ।


कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य माननिय श्यामलाल राना उपन्यासको समिक्षा गर्दै ,यस उपन्यासले रानाथरु समाजको वास्तविक सामाजिक परिवेसको चित्रण गर्छ बताउनु भयो ।


कार्यक्रममा मन्तब्य दिदै कृष्णपुर नगरपालीकाका उप प्रमुख रमिता बडायक फगुनी उपन्यासले रानाथारुका ठेट शब्दहरु संकलन गरेको र यसले भाषा संरक्षणमा ठुलो योगदान पुर्याउने बताउनु भयो ।

सोही कार्यक्रममा आँगनबारी मिडिया प्रा. ली. द्वारा प्रकाशित अर्धवार्षिक पत्रिका सबेरोको पनि बिमोचन भएको थियो । पत्रिकाका प्रधान सम्पादक नन्दलाल राना रहेका छन । सबेरोले रानाथारु संस्कृति संरक्षणमा प्रतिबद्ध रहेको सम्पादक नन्दलाल रानाले बताउनु भयो ।

कार्यक्रममा स्थानिय जन प्रतिनीधि, संघ संस्थाका प्रतिनीधि, बुद्धिजीवि लगायत साहित्य पे्रमी गरी करिब पचास जना उपस्थित थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin