धनगढी २ असाेज
सुदूर पश्चिममा कोरोना कहर कम भए संगै ब्यापार विस्तारै बढ्न सुरु भएको छ । नेपाली ठूला चाडपर्व नजिकिन लागेका हुनाले पनि ब्यापार बढी रहेको छ । बजारमा चहलपहल बढे पछि ब्यापार बढेको घनगढी ३ का युवराज फेन्सीका संचालक राम आसरे रानाले बताए ।
कोभिड १९ कम भए पछि नयाँ ब्यापार गर्ने पनि बढेका छन । कोरानाले हैरान बनाएको अवस्था विस्तारै सुधार भएपछि नयाँ मासु पसल संन्चालन गरेको धनगढी २ का आर आर चिकेन सोपका संचालक रोशन श्रेष्ठले बताए ।
