शुभ दिपाबलीको उपलक्ष्यमे एक कार्यक्रमका बीच धनगढी ,३ मा रहेको ठाकुर एग्रो ईण्डष्ट्रिजले खेलकुद सामग्री बितरण गरेको छ । भाईटिकाका दिन ईण्डष्ट्रिजले धनगढी १३,मा रहेको राना युथ क्लबलाई खेलकुद सामग्री वितरण गरेको हो ।

शुभ कामना आदन प्रदान कार्यक्रमका बीच क्लबलाई शुभ कामना सहित रु १५००० बराबरको खेलकुद जर्सी र फुटबल ईण्डष्ट्रिजका प्रतिनीधि गोपाल रानाले हस्तान्तरण गरेको क्लबका अध्यक्ष राम प्रकाश रानाले बताए ।

सोही कार्यक्रममा स्थानिय कर्म सिं राना ले रु २००० बराबरको फुटबल, बल्दु रानाले नगद रु ३००० सहयोग गरेका थिए । क्लबका अध्यक्ष रानाले सहयोगी दाता सबैलाई धन्यवाद दिदै यस्ता कार्यले खेलाडीको मनोबल बढ्ने गरेको बताए ।
