१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

आज सुदूरपश्चिममा सार्वजनिक बिदा

खबर सम्बाददाता ३० आश्विन २०७८, शनिबार
आज  सुदूरपश्चिममा सार्वजनिक बिदा

असोज ३१ गते आइतबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभर भोलि पनि बिदा दिने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको जोशीले बताए । 

संघीय सरकारले यो वर्ष असोज २६ गते मङ्गलवार देखी असोज ३० गते शनिवारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैँ बिदा दिएको थियो। त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin