३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

नवज्योतिलाई तल्ला थप्न सहयोग गर्ने प्रदेश सभा सदस्य मलामती कु. रानाको प्रतिबद्धता

खबर सम्बाददाता १८ मंसिर २०७८, शनिबार
नवज्योतिलाई तल्ला थप्न सहयोग गर्ने प्रदेश सभा सदस्य मलामती कु. रानाको प्रतिबद्धता

सुरज राना , धनगढी

कैलाली ,धनगढी उप-महानगरपालिका वडा न. ०७ स्थित जेम्स एकेडेमीको प्राङ्गणमा आज २०७८ मङ्सिर १९ गते नवज्योति  कृषि सहकारी संस्था लि.को आयोजनामा १३औं वाषिर्क साधारण सभा  सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि  सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख सम्माननिय देवराज जोशी  ,बिशिस्ट अतिथी संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य माननीय मलामती कुमारी राना , बिशिस्ट अतिथी संविधान सभा सदस्य तथा नवज्योति कृषि सहकारी संस्था लि.का सल्लाहकार संयोजक प्यारेलाल राना , अतिथि  धनगढी उप- महानगरपालिकाका सहकारी शाखा प्रमुख हरी सिंह साउद , अतिथि राष्ट्रिय सहकारी बैंक लि.धनगढी शाखाका किरण कुवर , अतिथि देवरिया वन उपभोक्त समुहका अध्यक्ष शारदा प्रशाद राना ,अतिथि धनगढी उप-महानगरपालिका वडा न. १७ का वडा अध्यक्ष माधब राजा राना , नवज्योति कृषि सहकारी संस्था लि. का अध्यक्ष तथा धनगढी वडा न. ०७ का वडा अध्यक्ष सिताराम रानाको अध्यक्षतामा र सम्पुर्ण शेयर सदस्यको उपस्तिथिमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पनासमा दिप प्रज्वलन गरी १३औ वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए ।

२लाख ५० हजारबाट हामीले २०६६ सालबाट २५ जना शेयर सदस्यलाई यस संस्थाको सुरुवात  गरेका थियौ । भन्दै सबै अतिथि र शेयर सदस्यहरुलाई स्वागत गर्दै नवज्योति  कृषि सहकारी संस्था लि.का उपाध्यक्ष मेघनाथ रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नवज्योतिको सुपथ पसलमा हरेक सामाग्री अरुभन्दा सस्तो मुल्यमा बिक्री गरिरहेका छौ । सबै शेयर सदस्यले पनि सुपथ पसलबाट खरिद बिक्री गरिदिन हुन आग्रह पनि गर्दै छु । ०७६/०७७ सालको शेयर पूजी ५३ लाख ९० हजार थियो अहिले ०७७/०७८मा शेयर पूजी ६८ लाख ७० हजार पुगेको छ । ०७६/०७७ साल सम्म ५२७ जना शेयर सदस्य मात्र थिए र अहिले को ०७७/०७८ मा शेयर सदस्यको वृद्धि भइ ६४२ जना पुगेका छन ।  कर्जा लगानी बाट ब्याज , रासायनिक मल ,बीउ विजन बिक्रिबाट आ.वा. ०७७/०७८ को आर्थिक कारोबारबाट रु.७ लाख ८९ हजार ४ सय ३८ रुपैयाँ २८ पैसा शुद्ध नाफा आर्जन गरेका छौ भनेर नवज्योति  कृषि सहकारी संस्था लि.का अध्यक्ष सिताराम रानाले ०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस वर्षको शेयर पूजी जम्मा रु. १४ करोड ६५ लाख ११ हजार ६सय ०९ रुपैयाँ ९९ पैसा रहेकोछ । आ.व. ०७७/०७८को आयव्यय जम्मा रु. १ करोड १७ लाख ५५ हजार ७सय १४ रुपैयाँ ४६ पैसा बराबरको रहेको छ भनेर  पृथ्वी रानाले लेखापरीक्षण प्रस्तुत गरेका थिए।

यो सहकारीले अझ बढी प्रगति प्राप्त गरोस । अर्को साधारण सभामा अरु प्रगति गरोस ।सम्पुर्ण शेयर सदस्यलाई सेवा प्रादन गरोस भनेर प्रमुख अतिथि सुदुरपश्चिप प्रदेशका प्रदेश प्रमुख सम्माननिय देवराज जोशीले बताएका छ्न ।

अहिले नवज्योति सहकारीलाई देखेर अरु पनि सहकारीहरुको स्थापना भैरहेको छ । सहकारीहरुको स्थापना गर्नुस, कृषकहरुलाई सहयोग गर्नुस । सहकारीको स्थापनाले गर्दा हामी बैंकको ऋणले हामी मुक्ति पाएका छौ । हामीलाई पहिले त्यति थाहा थिएन ऋण लिन जादा हामी आफ्नो लालपुर्जा राखेर आउथे ।
सहकारीको भवनमा तल तिर सुपथ पसल खोलेका छ्न माथि आफ्नो कार्यालय छ तर अरुकेही पनि गर्न चहदैछौ तर हामीलाई बजेटको अभाव छ । म प्रदेश सांसदको नाताले आफ्नो तर्फबाट यो राम्रो सहकारी हो र यो सहकारीलाई म प्रतिबद्धता गर्न चहन्छुकि म यो सहकारीलाई तला थप्नको लागि सहयोग गर्नेछु भनेर बिशिस्ट अतिथी संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य माननीय मलामती कुमारी रानाले बताएकी छिन ।

वार्षिक साधारण सभा वर्षभरीको लेखाजोखा गर्नको लागि गरिन्छ । आफुले किनेको शेयरमा कति घाटा कति नाफा भएको छ भनेर जन्न जरुरी छ । मलाई कार्यबिधी र प्रगति अहिले सम्म राम्रो रहेको छ ।  पहिले ऋणको ब्याजदर १८ प्रतिशात रहेको थियो र अहिले १४ प्रतिशातमा झरेको छ । बचत ब्याजदर १२ प्रतिशत रहेको थियो अहिले ९ देखि९.५ प्रतिशतमा झरेको छ त्यसैले अहिले यो सहकारी सन्तुलित लगानी र निक्षेप संकलनमा आएको छ भनेर संविधान सभा सदस्य तथा नवज्योति कृषि सहकारी संस्था लि.का सल्लाहकार संयोजक प्यारेलाल रानाले बताएका छ्न ।

सबै शेयर सदस्यहरुले आफ्नो सहकारीको प्रगतिको लागि कारोबार गर्नुपर्छ र यो नवज्योतिको प्रगतिको अपेक्षा गर्दछु भनेर राष्ट्रिय सहकारी बैंक लि.धनगढी शाखाका किरण कुवरले बताएका छ्न ।

कृषि तालिम एक हप्ताको हुन्छ तर त्यो तालिम तीन दिनमा समाप्त गरेर पाँच दिनको भत्ता खन्छन त्यसैले यो कुरामा पनि ध्यान दिन पनि अनुरोध गर्दछु भनेर शेयर सदस्य भङ्गी रानाले बताएका छ्न ।

शेयर सदस्यहरु सहकारी संस्थाका मालिकहरु हुन । यदि  आफैले आफ्नो संस्थामा कारोबार गर्छौ भने हामी आफैलाई नै फाइदा हुने छ । सहकारी र सदस्य बिचको सम्बन्धमा सहकारीले सदस्यलाई उत्पादन तर्फ आकर्षण गराउने र कुनै पनि कृषकले उत्पादन गरेको बालिनालीलाई महङ्गोमा सहकारी संस्थाले किन्नु नै सहकारीको उद्देश्य हो भनेर  धनगढी उप-महानगरपालिकाका सहकारी शाखा प्रमुख हरी सिंह साउदले बताएका छ्न ।


कार्यक्रममा निवर्तमान संचालक समितिका सदस्य , निवर्तमान लेखा समितिका सदस्यहरु सम्मानित भएका थिए ।

असल ऋणि जगतराम डगौरा थारु ,परशुराम कठरिया सम्मानित भएका थिए ।

तपाईंले जुन समयमा पनि कार्यालयमा गएर हिसाब देख्न सक्नुहुन्छ तपाईंले भने अनुसारको काम गरेछन कि छैनन तपाईंहरु बुझ्न सक्नुहुन्छ । अहिले बनेको कार्यालयको भवन र जग्गा पनि तपाईंकै सम्पत्ति हो । संस्थाले जे प्रगति नाफा गरेको छ तपाई त्यसको हकदार हुनुहुन्छ । संस्थामा बढी भन्दा बढी कारोबार गर्नुहोस संस्थालाई नाफा भएमा तपाईकै नाफा हुन्छ भनेर नवज्योति कृषि सहकारी संस्था लि. का अध्यक्ष तथा धनगढी वडा न.०७ का वडा अध्यक्ष सिताराम रानाले बताएका छन ।

नवज्योति कृषि सहकारी संस्था लि. का सचिब भिराराम रानाले कार्यक्रम संचालन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin