१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

पूर्व मन्त्रि ढकालद्वारा सयुक्त राष्ट्र संघका पूर्व महासचिब बान कि मून संग भेट

समाचार संबाददाता २ फाल्गुन २०७८, सोमबार
पूर्व मन्त्रि ढकालद्वारा सयुक्त राष्ट्र संघका पूर्व महासचिब बान कि मून संग भेट


सिउल, कोरिया। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले सयुक्त राष्ट्र संघका पूर्व महासचिब बान कि मून संग भेट गर्नु भयको छ। कोरियामा भएको भेटमा महासचिब मूनले नेपाल प्रति आफ्नो सधै सदभाब रहेको बताउदै लुम्बिनीको थप विकास गर्नु पर्नेमा जोड दिनुभयो। उहाले सन् २००८ मा नेपाल भ्रमणमा रहदा लुम्बिनीको दर्शन गरेको स्मरण गर्दै नेपाल र नेपालीको प्रगतिको कामना गर्नु भएको ढकालको सचिबालयले जनाएको छ। पूर्व मन्त्रि ढकाल विश्व शिखर सम्मेलनमा भागलिन एक हप्ते कोरियाली भ्रमणमा हुनुहुन्छ।केहि समय अघि मात्र ढकाल विश्व शिखर सम्मेलनको बिशेष दुत नियुक्ति भएका थिए। ढकालले कोरियाली संसदका उप-सभामुख चुङ्ग जिन्सुक, साम्सद लिम जोङ्ग सेओङ्ग लगाएत संग पनि अन्तरक्रिया गर्नु भएको छ। युनिभर्सल पिस फेडेरेशन र क्याम्बोडियन सरकार द्वारा सयुक्त आयोजित विश्व शिखर सम्मेलनमा अमेरिकन पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप, जापानिज पूर्व प्रधानमन्त्री सिन्जो आबे, क्यानाडियन पूर्व प्रधानमन्त्री स्टेफेन हार्फ़र, अल्बालियाका राष्ट्रपति इलिर मेटा, श्रीलंकाली पूर्व राष्ट्रपति महित्रिपाला सिरिसेना, नेपाली पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, लाइबेरियाका राष्ट्रपति जर्ज वॆअह,पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिल्लानी, फिलिपिनो पूर्व राष्ट्रपति ग्लोरिया आरोयो, नाइजेरियाका राष्ट्रपति मुहामद बुहारी, फ्रान्सका पूर्व प्रधानमन्त्री दूमिनिक विलॆपिन, युरोपिएन कमिसनका पूर्व अध्यक्ष हॊसे बारोशो, अमेरिकन पूर्व उप-राष्ट्रपति माइक पेन्स लगाएत ७० जना वर्तमान तथा पूर्व राष्ट्राध्यक्ष / सरकार प्रमुख हरुले प्रत्यक्ष तथा भिडियोको माध्ययमद्वारा सम्वोधन गर्नु भएको थियो। आयोजकको तर्फबाट युनिभर्सल पिस फेडेरेशनकि सस्थापिका डा हाक जा हान मून, क्याम्बोडियन प्रधानमन्त्री हुन् सेन र सयुक्त राष्ट्र संघका पूर्व महासचिब बान कि मूनले सम्वोधन गर्नु भएको थियो। विश्व शिखर सम्मेलन २०२२ कोरियाली प्रायदीपमा शान्ति र मेलमिलापको खातिर सिउल घोषणा पत्र जारि गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin