१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

अध्यक्ष ढकाल र फिलिपिन्सकी पूर्व राष्ट्रपति आरोयो बीच भेट

खबर सम्बाददाता १७ फाल्गुन २०७८, मंगलवार
अध्यक्ष ढकाल र फिलिपिन्सकी पूर्व राष्ट्रपति आरोयो बीच भेट


नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले फिलिपिन्सकी पूर्व राष्ट्रपति ग्लोरिया माकापागल आरोयो संग भेट गरेका छन । पूर्व राष्ट्रपति आरोयोको मनिला स्थित निवासमा भएको भेटमा पारस्परिक हित र क्षेत्रीय शान्ति सुरक्षाको सम्बन्धमा छलफल भएको नेता ढकालको सचिबालयले जनाएको छ। भेटमा भर्खरै दक्षिण कोरियामा सम्पन्न विश्व शिखर सम्मेलनको उपलब्धिको बारेमा पनि छलफल भएको थियो। सन् २००१ देखि १० सम्म फिलिपिन्सकी राष्ट्रपति हुनु भएकी आरोयो पूर्व सभामुख समेत हुनुहुन्छ। हाल प्रतिनिधि सभाकी सदस्य समेत रहनु भएकी उनि फिलिपिन्सको प्रभावशाली नेत्री हुन्। पूर्व मन्त्रि ढकाल की धर्मपत्नी ब्लेसि गाडन पनि भेटमा सहभागी थिइन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin