१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

भौतिक पुर्वाधार विकास मन्त्री बोहरा द्वारा कञ्चनपुरमा कालोपत्रे सडक शिलान्यास

खबर सम्बाददाता १० मंसिर २०७७, बुधबार
भौतिक पुर्वाधार विकास मन्त्री  बोहरा  द्वारा कञ्चनपुरमा कालोपत्रे सडक शिलान्यास

पूर्वाधार विकास कार्यालय कञ्चनपुरको आयोजनामा लालझाँडी गाउँ पालिकामा एक शिलान्यास कार्यक्रमका वीच बाणी,देखतभुली,कञ्ज,शंकरपुर,पचकडिया,बाइसेबिचवा (दोदा पुल) सडक (देखतभुली दोदापुल देखि नौरङ्गा खण्ड ) कालोपत्रे सडक को शिलान्यास भएको छ । शिलान्यास सँगै लालझाँडी गाउँ पालिकाको जाई देखि नन्दगाउँ सम्म ६ कि.मि. कालोपत्रे सडक निर्माण सुरु भएको छ ।

लालझाँडी गाउँ पालिका अध्यक्ष मदन सेन बडायकका अध्यक्षतामा भएको कार्याक्रममा कार्याक्रमका प्रमुख आतिथि माननीय भौतिक पुर्वाधार विकास मन्त्री माननीय पठान सिंह बोहराले शिलान्यास गर्नु भएको हो । शिलान्यास गर्दै मन्त्री बोहराले काेभिड १९ का बाबजुत पनि सरकारले विकासलाइ निरन्तरता दिरहाेकाे , जनता विकास भन्दा ठूलाे अरू केही नरहेकाे भन्दै जनता र देशको विकासका लागि प्रदेश सरकार हरदम तत्पर रहेको जिकिर गर्नु भयो ।

कार्याक्रमका विशिष्ट आतिथि, नेकपा संसदीय दलका प्रमुख सचेतक तथा सुदूर पश्चिम प्रदेश सभा सदस्य माननीय तारा लामा तामाङले आफु लालझाँडीको विकास भएको देख्न आतुर रहेको बताउनु भयो । सडक निर्माणको काम समयमै सम्पन्न गराउन सबै पक्षले सहयोग र निगरानी गर्न आग्रह पनि गरे ।

लालझाँडी गाउँ पालिका अध्यक्ष मदन सेन बडायकले दोदा नदी समस्याका रुपमा रहेको बताउदै , यसका समाधानका लागि तिनै तहका सरकारले मिलेर गर्नु पर्ने बताउनु भयो । दोदा नदीकै कारण सडकको विस्तारमा पनि बाधा परेको बताउदै अध्यक्ष रानाले निर्माण कम्पनीलाई योजना तोकेकै समयमा पुरा गरि दिन अनुरोध पनि गर्नु भयो । उहाँले सडक बिस्तारका सँगै सरकारको प्रधान मन्त्री कृषि योजना तथा प्रदेश प्रमुखको उखु जोनको लगायतका कार्यक्रमले लालझाँडीले छिटै फड्को मार्ने बताउनु भयो ।

प्रदेश सरकारको लगानी रहेको सडक योजना रु ६,०२,२४,२१५.७४ को लागतमा निर्माण गरिने उक्त सडकको कार्यान्वयन पुर्वाधार विकास कार्यालय कञ्चनपुर ले गर्नेछ भने निर्माणको जिम्मेवारी के एस कन्स्ट्रक्सन प्रा लि धनगढीले पाएको छ । योजनाको सम्झौता बमोजिम निर्माण कम्पनीले २०८०÷०३÷२९ गते सडक निर्माण समपन्न गर्नुपर्ने छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin