३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

नेपाल रानाथारु समाज कञ्चनपुरको अध्यक्षमा प्रेमवती राना

खबर सम्बाददाता ६ चैत्र २०७८, आईतवार
नेपाल रानाथारु समाज कञ्चनपुरको अध्यक्षमा प्रेमवती राना

नेपाल राना थारु समाज कञ्चनपुरको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतवार नेपाल रानाथारु समाज केन्द्रिय कमिटि अध्यक्ष तथा संविधान सभा सदस्य कृपाराम रानाको सभापतित्वमा कृष्णपुर नगरपालिका वडा नम्बर ६ सयपत्रि सामुदायिक वन उपभोक्ता समुहको प्रांगणमा सम्पन्न भएको हाे । दोश्रो जिल्ला अधिवेशनले प्रेमवती रानाको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा मनोहरलाल राना , सचिवमा सतेन्द्र राना ,सहसचिवमा शिवराज राना , कोषाध्यक्षमा कविता राना र समितिको सदस्यहरुमा भज्जन सिंह राना,बचन सिंह राना,राम प्रसाद राना नेपाल राना थारु आशाराम राना,मिठ्ठ देवी राना र बाँधुराम राना चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य श्यामलाल राना कार्यक्रममा बोल्दै अधिकारका लागि सवै एकजुट भएर लाग्नुपर्ने बताए । राना थारुहरुका अधिकार प्राप्तिका लागि हामी सवै एक भएर लाग्नुकेो विकल्प नरहेको उनले बताए ।

नेपाल रानाथारु समाज केन्द्रिय कमिटि अध्यक्ष तथा संविधान सभा सदस्य कृपाराम रानाले नेपाल रानाथारु समाजले महत्वपुर्ण उपलब्धी हाँसिल गरेको बताए । रानाथारु जातीको सुचिकृत,रानाथारु भाषाको सुचिकृत संगै होलीको अन्तिम दिन खखडेहराको नेपाल सररकाले सार्वजनिक विदा दिएको भन्दै यी हाम्रा लागि महत्वपुर्ण उपलब्धी रहेको रानाले उल्लेख गरे ।

यस्तै उनले रानाथारु समुदायले रानाथारु जातीलाई आरक्षणको व्यवस्था,राना थारु विकास परिषद गठन र रानाथारु भाषा सरकारी कामकाजको भाषाका रुपमा सरकारले मान्यता दिनुपर्ने उनले बताए ।

कार्यक्रममा कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता राना वडायक,शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बाले राना, नेपाल आदिवासी जनजाती महासंघ सुदुरपश्चिम प्रदेश महासचिव राजकुमार राना लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल रानाथारु समाज केन्द्रिय कमिटि सदस्य झेली रानाले राखेका थिए भभने,कार्यक्रमको सञ्चालन सतेन्द्र रानाले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin